पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुआन एअरलाइन्सकाे चार्टर्ड उडान

 कात्तिक २२, २०८१ बिहीबार १७:०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : चिनियाँ दूतावास

काठमाण्डाै – चीनको सिचुआन एअरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गरेको छ ।

पोखरामा पर्सि शनिवार हुने तेस्रो संस्करणको 'क्रस कन्ट्री दौड' मा सहभागी हुने चिनियाँ खेलाडी, प्रतिनिधि, दर्शक र पाहुनासहित १ सय २० जना बोकेर सिचुवानको जहाज पोखरामा अवतरण भएको हो ।

गएको वर्ष पनि सिचुआनले पोखरामा उडान गरेको थियो । कुमनिङबाट आएको जहाज फेरि कुमनिङ नै फर्किएको छ ।

२०७९ सालको पुस १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको थियो । तर अहिलेसम्म फाट्टफुट्ट चार्टर्ड उडानबाहेक अन्तर्राष्ट्रिय उडान भएको छैन । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान मात्रै भइरहेको छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया