दशैँ र तिहारमा स्याङ्जाका एउटै किसानले बेचे ५ लाख रुपैयाँकाे सयपत्री फूल

 कात्तिक २२, २०८१ बिहीबार १८:३१:७ | रासस
unn.prixa.net

फाइल फाेटाे

स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले दशैँ र तिहार अवधिमा सयपत्री फूल तथा माला बिक्रीबाट झन्डै पाँच लाख रुपैयाँ आम्दानी गर्नुभएको छ ।

उहाँले दशैँ र तिहार अवधिमा माला एक हजार आठ सय ४५ गोटा र फूल एक हजार तीन सय ७६ केजी बिक्री गर्नुभएको हो । फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६ सय गरी चार लाख ९१ हजार ६ सय रुपैयाँ आम्दानी गरेको किसान भण्डारीले बताउनुभयो ।

यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उहाँले जानकारी दिनुभयो । माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन नसकेको किसान भण्डारीले उल्लेख गर्नुभयो ।

बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिर महिनाभरि उत्पादन लिन सकिने उहाँको भनाइ छ । बाँदरले अन्नबाली नष्ट गरिदिएपछि भण्डारीले विकल्पको रूपमा फूलखेती थाल्नुभएको हो ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया