नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
जापानी कार उत्पादक कम्पनी निसानले नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान घटेर गम्भीर अवस्थाको सामना गर्नुपर्ने भएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न परेको बताएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले उत्तर अमेरिकी बजारमा निसानको व्यापार खस्कनु नै प्रमुख कारक भएको बताउनुभएको छ । निसानले विश्वव्यापी उत्पादन क्षमतामा २० प्रतिशतले कटौती गर्ने र विश्वव्यापी कर्मचारी नौ हजारले घटाउने कम्पनीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
उचिदाले नोभेम्बर २०२४ देखि आफ्नो मासिक पारिश्रमिकको ५० प्रतिशत स्वेच्छाले त्याग्ने र अन्य कार्यकारी समितिका सदस्यहरूले पनि त्यसअनुरूप तलब कटौती गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । कम्पनीको पहिलो अर्धवार्षिकमा शुद्ध नाफामा ९३ प्रतिशतले गिरावट आएको खबरमा उल्लेख छ ।
बेइजिङले समर्थन गरेको विद्युतीय गाडी कम्पनीहरू तीव्र गतिमा बढिरहेका कारण चीनमा पनि आफ्नो आधार खडा गर्न निसान र अरु प्रतिद्वन्द्वीहरूले सङ्घर्ष गरिरहेका छन् । कम्पनीले यसअघि एक सय ४० खर्ब येन अनुमान गरेकोमा अब एक सय २७ खर्ब येन (८० अर्ब डलर) को शुद्ध बिक्री अपेक्षा गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।