सीतापाइला–धार्के सडक आजदेखि १५ दिनको लागि बन्द हुने

 कात्तिक २३, २०८१ शुक्रबार ९:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सीतापाइला –धार्के सडक आजदेखि १५ दिनको लागि बन्द हुने भएको छ । काठमाण्डौको सीतापाइलाबाट धादिङको धार्के जोड्ने सडकको स्तरोन्नति गर्नका लागि आजदेखि १५ दिनका लागि बन्द हुने भएका हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले निकालेको  सूचनाअनुसार यो सडक खण्डमा कालोपत्रे कार्य भइरहेकाले एम्बुलेन्स, सुरक्षा निकायका गाडी र हलुका चार पाङ्ग्रे गाडी बाहेकका सबै प्रकारका गाडीलाई पूर्ण रूपमा रोक लगाइएको छ । प्रशासनले सडकको स्तरोन्नति कार्यको अवधि भर, गाडी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

वैकल्पिक मार्गका रूपमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के नौबिसे–नागढुङ्गा सडक प्रयोग गर्न सकिने साहयक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभएको छ । 
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया