सत्य निरूपण र बेपत्ता छानबिन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान

 कात्तिक २३, २०८१ शुक्रबार १२:२०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ । नाम सिफारिश समितिको सचिवालयले आज सूचना निकालेर आवेदन आह्वान गरेको हो ।

इच्छुक व्यक्तिलाई छनोट प्रक्रिया बमोजिम अध्यक्ष वा सदस्य पदका लागि अनुसूची बमोजिमको ढाँचामा आवेदन फाराम भरी सात दिनभित्र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा रहेको सिफारिश समितिको सचिवालयमा पेश गर्न भनिएको छ ।

अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइसकेको, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको पदमा काम गरिसकेको वा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको हुनुपर्ने उल्लेख छ । आवेदन परेपछि समितिले योग्य व्यक्तिहरूको सूची तयार पारी सिफारिश गर्नेछ ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया