इङ्गल्यान्डका अलराउन्डर ड्यानियलले काठमाण्डौ गुर्खाजबाट एनपीएल खेल्ने

 कात्तिक २३, २०८१ शुक्रबार १८:२०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – इङ्गल्यान्डका अलराउन्डर ड्यानियल अलेक्जेन्डर डौटवेटले काठमाण्डौ गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । २७ वर्षीय अलराउन्डर ड्यायिललाई चौथो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको काठमाण्डौ गुर्खाजले जनाएको छ ।

ड्यानियलले ६२ टी–२० क्रिकेटमा ६ सय ३० रन बनाउनुका साथै ५७ विकेट लिएका छन् । काठमाण्डौले यसअघि नेदरल्यान्ड्सका माइकल लेभिट, नामिबियाका गेरहार्ड इरसमस र इङ्गल्यान्डका स्टेफेन इस्किनाजीलाई अनुबन्ध गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी मार्की खेलाडी रहेका काठमाण्डौमा वसन्त शाही ठकुरी मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ । एनपीएलमा एउटा टोलीले चार जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछन् ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया