नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
इजरायलले गाजामा गरिरहेकोआक्रमणमा परेर ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । इजरायलमा गएको वर्ष प्यालेस्टाइनी बिद्रोही समूह हमासले आक्रमण गरेपछि शुरु भएको आक्रमणमा मारिएका मध्ये ४४ प्रतिशत बालबालिका रहेका हुन् ।
१३ महिनाको युद्धमा गाजामा कम्तिमा १६ हजार सात सय ६५ जना बालबालिकाले ज्यान गुमाएका प्यालेस्टाइनीहरुको लागि सहयोग गर्दै आएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । गाजामा अरु २० हजार भन्दा धेरै बालबालिका हराइरहेका छन् । औषतमा दैनिक ६७ जना बालबालिकले ज्यान गुमाइरहेको पाइएको छ ।
यस्तै मारिनेमध्ये महिला र बालबालिकाको सङ्ख्या ७० प्रतिशत रहेको राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर टुर्कले बताउनुभएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घअन्तर्गत मानव अधिकार सङ्गठनले गरेको अध्ययनको निष्कर्षमा इजरायलले महिला र बालबालिकामाथि निरन्तर आक्रमण गरिरहेको र त्यो मानवताविरुद्धको अपराध हुन सक्ने उल्लेख छ ।
इजरायलको आक्रमणमा परी अहिलेसम्म ४३ हजार चार सय ६९ जना प्यालेस्टाइनीहरूले ज्यान गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।