भारतले पहिलो टी–ट्वान्टीमा घरेलु टोली दक्षिण अफ्रिकालाई ६१ रनले हरायो

 कात्तिक २४, २०८१ शनिबार ६:४०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतले पहिलो टी–ट्वान्टीमा घरेलु टोली दक्षिण अफ्रिकालाई ६१ रनले पराजित गरेको छ । भारतले दिएको दुई सय ३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ ओभर ५ बलमा अल आउट हुँदै एक सय ४१ रनमात्रै बनायो ।

दक्षिण अफ्रिकाका हेनरिक केल्सेनले सबैभन्दा धेरै २५ रन बनाए । भारतका वरुण चक्रवर्ती र रवि बिश्नोईले समान ३–३ विकेट लिए । त्यसअघि दक्षिण अफ्रिकाको डर्बनमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय २ रन बनाएको थियो । भारतका लागि ओपनर सन्जु साम्सनले एक सय ७ रन बनाए ।

४ खेलको टी ट्वान्टी शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । दुई देशबीचको दोस्रो टी ट्वान्टी खेल भोलि हुनेछ ।  
 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया