नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
पाकिस्तानको मुल्तान शहरमा हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई हजारभन्दा माथि पुगेको छ । यो विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले तोकेको खतरनाक तहभन्दा झन्डै सात गुणाले धेरै हो । डब्लुएचओको मापदण्ड अनुसार एक्यूआई तीन सयभन्दा माथि पुगेमा मानव स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।
पाकिस्तानको लाहोर शहरमा पनि हावाको एक्यूआई एक हजार नजिक पुगेको छ । खराव हावाका कारण लाहोरको एक करोड ३० लाख जनसङ्ख्या सङ्कटपूर्ण अवस्थामा पुगेका बीबीसी हिन्दीले जनाएको छ । एक्यूआई चार सयभन्दा माथि पुगेमा त्यहाँ सङ्कटकाल लागू गरी नियन्त्रणका उपाय अपनाउनुपर्छ ।
प्रदुषणको असरबाट बचाउन पन्जाव प्रान्तले नोभेम्बर १७ सम्मका लागि पार्क, सङ्ग्राहलय लगायतका सार्वजनिक स्थल बन्द गरेको छ । पाकिस्तान सरकारले पन्जाव प्रान्तका १८ जिल्लामा निजी तथा सरकारी विद्यालय बिदा दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।