गणेश हिमालको आधार शिविर नजिक बिरामी परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार

 कात्तिक २९, २०८१ बिहीबार १७:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गणेश हिमालको आधार शिविर नजिक बिरामी परेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको छ ।

आधार शिविर जाँदै गर्दा बिरामी परेका डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र डिभिजन वन कार्यालयकी रेन्जर अनुसुया ढुङ्गानालाई हेलिकप्टारमार्फत उद्धार गरी काठमाण्डौ ल्याइएको सेनाले जनाएको छ । यसअघि बिरामीको उद्धार गर्न हिजो गएको नेपाली सेनाको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको थियो ।

पर्या–पर्यटन प्रवद्र्धनको उद्देश्यले धादिङको रुबीभ्याली गाउँपालिका, डिभिजन वन कार्यालय र पत्रकारको टोली गणेश हिमालको आधार शिविरको यात्रामा गएको थियो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया