रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
साेलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी गाउँमा रहेको ज्वालामाई देवीस्थानमा भक्तजनहरूको भीड लाग्न थालेको छ । सदरमुकाम सल्लेरीबाट झन्डै आठ किलोमिटर दूरीमा रहेको ज्वालामाई मन्दिरमा दर्शन गर्न पुग्नेहरूको सङ्ख्या केही वर्षदेखि बढिरहेको हो । यसअघि पनि आसपासका बस्तीसँगै टाढाबाट समेत दर्शन गर्न पुग्ने गरेकोमा सडकको पहुँचसँगै दर्शनार्थीहरू बढेका स्थानीय बासिन्दा बताउँछन् ।
स्थापनाको लिखित इतिहास नभए पनि झन्डै दुई सय ६० वर्ष पहिले ज्वालामाई देवीको स्थापना भएको विश्वास रहेको मन्दिरका मूलपुजारी वीरबहादुर रेग्मी मगरले बताउनुभयो । मगर समुदायको झन्डै पाँच पुस्ताले पुजारी भएर काम गरेका कारण देवीस्थान झण्डै दुई सय ६० वर्ष पुरानो रहेको उहाँको भनाइ छ ।
देवीस्थानको शिला झन्डै चार फिटको रहेको छ । स्थानीय बासिन्दा शिलाको उचाइ बढिरहेको विश्वास गर्दछन् । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले श्रदापूर्वक हरेक वर्षको हरिबोधनी एकादशीदेखि मङ्सिर शुक्ल पूर्णिमाको अवसरमा विशेष पूजाआराधना गर्दछन् । हिजोआज भने प्रायजसो मन्दिर खुला नै रहने हुँदा दिनहुँ नै पूजाआजाका कार्यहरू हुने गर्दछन् ।
किवंदन्ती
ज्वालामाई मन्दिर रहेको ठाउँ गाईभैँसी चर्ने चरनक्षेत्रको रूपमा रहेको थियो । त्यस ठाउँलाई सोलुखुम्बुकै नेचा बतासे तथा बेतघारीका क्षेत्री ब्राम्हण (जैशी) समुदायले गोठखर्कका रूपमा प्रयोग गर्थे । त्यही क्रममा एकपटक एउटा दुहुनो गाई दूध दुहुने बेला हराउने र दूध चुसेको जसरी फाँचो सुक्ने घटना बारम्बार दोहोरियो ।
एक दिन सबेरै गोठालाहरू गाई कहाँ जादो रहेछ भनी लुकेर खोज्दै जाँदा अहिले देवी रहेको खस्रुको ठूलो रुख भएको ठाउँमा आफ्नो चारवटै थुनबाट दूधको धारा बगाइरहेको देखे । गोठालाहरूले त्यहाँ रुखबाहेक केही नदेखेपछि झाँक्रीलाई सोधपुछ गर्दा देवी रहेको थाहा पाई देवीस्थान स्थापना गरेका किंवदन्ती छ ।
झाँक्रीको भनाइअनुसार गोठालाहरूले खनीखोस्री गर्दा एउटा शिला भेटिएको र शिला जमिनमाथि निकाल्दा ज्याेतिसहितको ज्वाला निस्किएको र ज्वाला निस्किएकै कारण ज्वालामाई भगवती देवीका रूपमा पुकार्न थालेको किंवदन्ती छ ।
जनविश्वास
ज्वालामाई देवी मन्दिरमा उपस्थित हुने भक्तजनहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइएको छ । केहट्ठ वर्ष अगाडि यहाँ मेला लाग्ने समय हरिबाेधनी एकादशीदेखि मङ्सिर शुक्ल पूर्णिमामा मात्र भक्तजनहरूको उपस्थिति हुने गर्दथ्यो भने अहिले जुनसुकै समयमा पनि प्रत्येक दिनजसो मन्दिरमा बाक्लो उपस्थिति हुने गरेको पाइन्छ । याे मन्दिरमा चिताएको कुरा पूरा हुने जनविश्वास छ । धेरैले मनोकामना पूरा भएको भन्दै सुन, चाँदी, गहना, पैसा चढाउँदै आएका छन् ।
प्राकृतिक स्थान र भू–बनोट
प्रसिद्ध ज्वालामाई देवी मन्दिर रहेको स्थान अलौकिक छ । प्राचीन समुदायले जुन विश्वासका साथ मान्दै आएका थिए अहिले पनि त्यही विश्वासका साथ मानिँदै आएको छ । मन्दिर रहेको ठाउँमा समय–समयमा अझै पनि अग्निज्वाला प्रकट हुने, ढुङ्गे शङ्ख आफैँ बज्ने जस्ता घटना हुने गरेका स्थानीय बासिन्दाको दाबी छ । मन्दिर वरपर ढुङ्गामै बजाउन मिल्ने प्राकृतिक शङ्ख, प्राकृतिक आकृतिहरू प्रशस्तै देख्न सकिन्छ । देवीस्थान वरपर विभिन्न खानीहरू रहेको आधारमा यस वरपर बहुमूल्य खानीहरू अझै पनि रहेको स्थानीय बासिन्दाको विश्वास छ । तर स्थानीय बासिन्दाले देवी रिसाउने विश्वास गरेका कारण कसैले पनि वरिपरि जमिन खन्ने–खोस्रने, अनुसन्धान गर्ने हिम्मत गरेका छैनन् ।
स्थानीय समुदायले मन्दिर क्षेत्र विकाश समितिका रूपमा मात्र संरक्षण गर्दै आइरहेका छन् । दिगो विकास र पुरातात्त्विक सम्पदाका रूपमा मन्दिरलाई संरक्षण नगरिएमा यहाँका बहुमूल्य खनिज पदार्थहरू एकाध समयमा हराउँदै जान सक्ने सम्भावना देख्न सकिन्छ ।
संरक्षण र चुनौती
धार्मिक पर्यटनको रूपमा सोलुखुम्बुमा रहेका महत्त्वपूर्ण ठाउँहरूमध्ये ज्वालामाई मन्दिर पनि एक हो । धार्मिक कथा तथा इतिहासलाई एक स्थानमा राखेर प्राकृतिक सौन्दर्यताको दृष्टिले मात्र हेर्दा पनि यो ठाउँ वास्तवमै अभुतपूर्ण रहेको छ । यहाँ विभिन्न प्राकृतिक शिलाहरू छन् । समय–समयमा हुने प्राकृतिक अलौकिक दृश्यहरू, लामो इतिहास बोकेको स्थान भएका कारण राज्यले यस ठाउँको संरक्षण, सम्वर्द्धन र विकासका काम गर्नुपर्ने देखिन्छ । यसले धार्मिक पर्यटनको विकास गर्नेछ । सडक तथा बिजुलीको सुविधा पुगिसकेकाे यस ठाउँलाई देशकै महत्त्वपूर्ण सम्पदाका रूपमा संरक्षण गरी पुरातात्त्विक सम्पदाअन्तर्गत सूचीकृत गरिनुपर्ने स्थानीय बासिन्दाको माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुरेश खड्का सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।