काठमाण्डौ उपत्यकासहित तराई क्षेत्रमा बाक्लो हुस्सु : न्युनतम तापक्रम घट्यो

 मंसिर ४, २०८१ मंगलबार ७:३७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण भिजिविलिटी कम रहेको छ । घाम चर्किन थाले पनि हुस्सु हट्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

यस्तै काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज घटेर ९ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । आज दिनभर हिजोको भन्दा धेरै चिसो महशुस हुन सक्ने उहाँको भनाइ छ ।

यसैबीच, देशका पहाडी क्षेत्रमा आज मौसम आंशिक बदली छ । आंशिक बदली र हुस्सुलागेका बाहेक अरु ठाउँमा मौसम सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । अहिले देशभर पश्चिमी वायु तथा पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव छ । 

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया