पेरिस सम्झौताबाट अमेरिका बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले ...
माघ ९, २०८१ बुधबार
प्रमुख कोइला उत्पादक अस्ट्रेलियासहित २५ वटा धनी देशले नयाँ कोइला विद्युत् प्लान्ट नबनाउने प्रतिज्ञा गरेका छन् ।
विश्व जलवायु सम्मेलन कोप–२९ मा स्वैच्छिक प्रतिज्ञामा हस्ताक्षर गर्दै उनीहरूले अत्यधिक प्रदूषणकारी जीवाश्म इन्धनको प्रयोग चरणबद्ध रूपमा हटाउने प्रक्रिया स्वरूप कोइलाबाट चल्ने विद्युत् प्लान्ट नबनाउने प्रतिज्ञा गरेका समाचार संस्था एएफपीले जनाएको छ ।
प्रतिज्ञापत्रमा बेलायत, क्यानाडा, फ्रान्स, जर्मनीलगायत देशहरूले हस्ताक्षर गरेका छन् । यो प्रतिज्ञाले कोइलाको उत्खनन वा निर्यात रोक्न भने बाध्य पार्दैन । चीन, भारत र अमेरिकासहित विश्वका धेरै ठूला कोइला–ऊर्जा उत्पादकहरूले प्रतिज्ञापत्रमा हस्ताक्षर गरेनन् ।
हस्ताक्षर गर्ने युरोपेली सङ्घ (ईयू) का जलवायुदूत वोप्के होएक्स्ट्राले जीवाश्म इन्धनबाट टाढा जाने प्रतिबद्धतालाई पूरा गर्न कोइलाबाट ऊर्जा उत्पादन गर्ने कामलाई रोक्दै जानुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।