साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्य...
पुस ६, २०८१ शनिबार
काठमाण्डौ – नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १२औँ संस्करण काठमाण्डौमा आजदेखि शुरू हुँदैछ । ‘सामाजिक न्याय’ नाराका साथ आजदेखि शुरु हुने महोत्सव यही मङ्सिर २७ गतेसम्म चल्ने आयोजक नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रले जनाएको छ ।
चलचित्र विकास बोर्डको सभाहल तथा प्रदर्शनीमार्गमा रहेको पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने केन्द्रका अध्यक्ष पाण्डव खत्रीले बताउनुभयो । मानवअधिकारको संरक्षणका लागि पैरवी गर्न विगत १५ वर्षदेखि निरन्तर महोत्सव गरिँदै आएको उहाँले बताउनुभयो ।
महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा अवार्ड जितिसकेका चलचित्रहरु प्रदर्शन हुनेछन् । चार दिनमा नेपालसहित २३ देशका ५३ चलचित्र प्रदर्शन हुने आयोजक समितिले जनाएको छ ।
महोत्सव आयोजनाको अवसर पारेर वृत्तचित्रका ‘मेन्टर’ तथा सम्पादक निलोतपल मजुम्दरले चार दिने कार्यशालाको प्रशिक्षण दिने जनाइएको छ ।
कार्यशालामा नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका फिल्ममेकर सहभागी हुनेछन् । महोत्सवमा विभिन्न समूहगत छलफल र फोटो प्रदर्शनीलगायत हुने आयोजकको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।