साउनदेखि मंसीरसम्ममा १३ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्य...
पुस ६, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर एवम् नेपाली कांग्रेसका पुराना नेता प्रेमलाल अर्थात् पीएल सिंहको निधनको शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
आज बसेको कांग्रेस आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले सिंहको निधनमा शोक प्रस्ताव पारित गर्दै आज, भोलि र पर्सि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
सिंहको ८८ वर्षको उमेरमा गएराति ठमेलको चाक्सीबारी निवासमा निधन भएको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू पुगेका थिए ।
यसैबीच काठमाण्डौ महानगरपालिकाले पूर्वमेयर सिंहको निधनमा आज महानगरपालिकामा सार्वजनिक बिदा दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।