रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
इंग्लिस प्रिमियर लिगको सबैभन्दा सफल टिम म्यानचेस्टर युनाइटेड शनिबार राति भएको खेलमा साउथह्यम्पटनसँग अंक खोस्न सफल भएको छ ।
साउथह्याम्टनको मैदानमा भएको खेलमा घरेलु टिमले लिएको दुई गोलको अग्रता पुनरागमन गर्दै युनाइटेडले बराबरीमा रोक्यो । १३औं मिनेटमा स्टुवार्ट आर्मस्ट्रङले उत्कृष्ट गोल गर्दै साउथयाम्टनलाई अग्रता दिलाए । त्यसको सात मिनेटमै सेड्रिक सोरेसले फ्रिकिकमार्फत गोल गरेपछि साउथह्याम्टनले अग्रता दोब्बर बनायो ।
३३औं मिनेटमा मार्कस राफोर्डको पासमा रोमिलु लुकाकुले गोल गर्दै साउथह्याम्टनको अग्रता २–१ मा छोट्याएका थिए । त्यसको ६ मिनेटमा नै एन्डर हरेराले गोल गरेपछि खेल बराबरीमा पुग्यो । हरेराले पनि रासफोर्डको पासमा गोल गरेका थिए ।
दोस्रो हाफमा गोल हुन नसक्दा युनाइटेड र साउथह्याम्नटले १–१ अंक बाँढे । बराबरीपछि युनाइटेडले २२ अंक सहित एक स्थान माथि चढ्दै सातौंमा पुगेको छ । साउथह्याम्टन भने नौ अंक सहित रेलिगेसन जोनमा छ ।
न्यूक्यासल युनाइटेड भने वेष्टह्याम युनाइटेडसँग आफ्नै मैदानमा पराजित भएको छ । वेष्टह्यामलाई जित दिलाउनका लागि जावियर हर्नाण्डेजले दुई गोल गरे ।
उनले ११औं र ६३औं मिनेटमा गोल गरेका थिए । वेष्टह्यामका लागि तेस्रो इन्ज्युरी समयमा फिलिपे एन्डरसनले गरेका थिए । जितसँगै वेष्टह्यामले १५ अंक बनाएको छ भने न्यूक्यासलको १२ अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।