रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
इंग्लिस प्रिमियर लिगमा आइतबार तीन खेल हुँदैछन् । पहिलो खेल चेल्सी र फुलह्यामबीच हुनेछ । चेल्सीको मैदान स्ट्याम्फर्ड ब्रिजमा हुने खेल नेपाली समयअनुसार पौने ६ बजे हुनेछ । अहिले चेल्सी २८ अंक सहित चौथो स्थानमा छ । फुलह्यामलाई पराजित गरेको खण्डमा चेल्सीले शीर्ष स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दूरी सातमा छोट्याउनेछ ।
फुलह्याम भने तालिकाको पुछारमा छ । चेल्सीलाई हराएमा फुलह्याम रेलिगेसन जोनबाट बाहिर निस्किनेछ । उसको जम्मा आठ अंक छ । जित निकालेमा फुलह्याम ११ अंक बनाउँदै १७औं स्थानमा उक्लिनेछ । अर्को खेलमा आर्सनल र टोटनह्याम आमने सामने हुनेछन् । टोटनह्याम ३० अंकसहित तेस्रो स्थानमा छ ।
आर्सनल भने २७ अंकसहित पाँचौं स्थानमा छ । आर्सनल र टोटनह्यामबीचको खेल ७ः५० मा हुनेछ । उपाधिको प्रवल दाबेदार लिभरपुल पनि अाइतबार एभर्टनसँग खेल्दैछ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३३ अंक छ ।
लिभरपुलका लागि आइतबार म्याच निकै महत्वपूर्ण रहनेछ । तीन अंक जित्न सकेको खण्डमा लिभरपुलले उपाधि अभियानमा म्यान्चेस्टर सिटीलाई चुनौती दिन सक्नेछ । उसले अंक दूरी दुईमा झार्न सक्नेछ । लिभरपुलको मैदान एन्फिल्डमा एभर्टन विजयी भएमा उसको उपाधि अभियानमा धक्का लाग्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।