आफ्नो आलोचना धेरै भएको भन्दै सभापति देउवा आक्रोसित

 जेठ २९, २०७५ मंगलबार २०:२:२६ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेताहरुले आफ्नो मात्रै आलोचना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ । 

सभापति देउवाले आफ्नो आलोचना गरेर पार्टी सामू आइपरेको चुनौतिको सामना गर्न नसकिनेतर्फ पनि पार्टीका नेताहरुलाई सचेत गराउनुभयो । मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा उदघाटन गर्दै उहाँले पार्टीका नेताहरु कम्युनिष्टहरुलाई आलोचना गर्न भने डराएको दाबी गर्नुभयो ।

सभापति देउवाले विद्यमान चुनौतिलाई सामना गरेर अघि बढन पार्टी भित्र एकताको विकल्प नरहेको  बताउनुभयो । उहाँले आफूले पार्टीको विधान अनुसार गरेको निर्णयप्रति पनि असन्तुष्टि जनाउने काम भइरहेको भन्दै आपत्ति जनाउनुभयो ।

सभापति देउवाले पार्टी विधान वा सहमतिको आधारमा चल्ने स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया