कार्यपालिका बैठक माग गर्दै भेरी नगरपालिकाको प्रशासनिक भवनमा वडाध्यक्षहरूले ताला लगाए

 पुष १६, २०८१ मंगलबार १५:१५:३५ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकाेट – कार्यपालिका बैठक माग गर्दै जाजरकोटको भेरी नगरपालिकाको प्रशासनिक भवनमा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् ।

बहुमत कार्यपालिका सदस्यहरूले पटक पटक मौखिक तथा लिखित रूपमा बैठक बस्न माग गरे पनि कुनै कारबाही नभएकोले प्रशासकीय भवनमा तालाबन्दी गरिएको भेरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष दलबहादुर रानाले बताउनुभयो । आफूहरूले राखेका ६ बुँदे मागसहित कार्यपालिका बैठक नबस्दासम्म अनिश्चतकालका लागि तालाबन्दी गरिएको वडा नम्बर ८ का अध्यक्ष वीरबहादुर चन्दले बताउनुभयो ।

प्रशासकीय भवनमा ताला लागेसँगै नगरपालिकाका सम्पूर्ण काम प्रभावित भएकाे छ । सेवाग्राहीलाई सास्ती भएको छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया