धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् ।
केही बेर अघि अाफ्नाे इन्स्टाग्राममा भिडियाे शेयर गर्दै श्रृंखलाले अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे खबर सुनाउँदै हर्षविभाेर भएकी थिइन् ।
अाफूले मल्टिमिडिया अवार्ड जितेकाेमा खुशी साट्दै श्रृंखलाले सम्पूर्ण नेपालीलाइ धन्यवाद दिँदै अाफूले ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे सुनाइन् । उनले खुशी मिसिएर गला भारी भएकाे अावाजमा भनिन्, ‘एण्ड, अार्इ वन द ब्यूटी विद अ पर्पस अवार्ड, रुँदा रुँदा अाँखा सुन्निन लाइसक्याे। बल्ल टाइम पाएँ हजुरहरुसँग शेयर गर्नलार्इ ।’
भिडियाेमा उनले ब्यूटी विद अ पर्पस अवार्ड जित्नु अाफ्नाे लागि मिस वर्ल्डकाे उपाधि जितेसरह भएकाे र अाज संसारमा अाफूभन्दा खुशी शायद काेही पनि छैन हाेला भन्दै अाफ्नाे खुशी शेयर गरेकी छिन् ।
यसका बारेमा श्रृंखलाले अाधिकािरक जानकारी गराए पनि मिस वर्ल्डकाे अाधिकारिक पेजमा अाउन भने बाँकी छ ।
ब्यूटी विद् अ पर्पस श्रृंखलालार्इ दिलाउन मदत गर्ने उनकाे पर्पस अर्थात उद्धेश्य भने मकवानपुर जिल्लाको चेपाङ बस्तीमा हेल्थपोष्ट निर्माण गर्ने रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।