जलवायु परिवर्तनले अमेरिकाको लस एन्जलसको आगलागी बढाएको वैज्ञानिकको दाबी

 माघ १६, २०८१ बुधबार १२:१४:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जलवायु परिवर्तनले निम्त्याएको तातो र सुक्खा मौसमका कारण अमेरिकाको लस एन्जलसमा विनाशकारी आगलागी भएको एक अध्ययनले पुष्टि गरेको छ ।

अध्ययनअनुसार जलवायु परिवर्तनले तातो र सुक्खा मौसमी अवस्थाहरूलाई अझ खराब बनाउन ३५ प्रतिशत भूमिका खेलेको छ । विश्वव्यापी रूपमा मान्यता प्राप्त वर्ल्ड वेदर एट्रिब्युसनको अध्ययनले जलवायु परिवर्तन र मौसमी अवस्थालाई जोडेर निष्कर्ष निकालेको हो ।

अनुशन्धानकर्ताले लस एन्जलसका जङ्गलमा आगो लाग्ने याम लम्बिँदै गएको तर पछिल्लो समय पानी परेपछि आगो कम हुँदै गएको छ । अब आगलागी नियन्त्रणमा आउने उनीहरूले विश्वास लिएका छन् ।

वैज्ञानिकहरूले यो आगलागी जटिल अवस्थामा पुग्नुमा धेरै कारणहरू भए पनि तीव्र गतिमा आगो फैलिएर सङ्कटको अवस्था आउनुको मुख्य कारण तातो मौसम नै भएको दाबी गरेका बीबीसीले जनाएको छ ।

उनीहरूले १९औं शताब्दीको मध्यदेखिकै गर्मीको लहर, खडेरी, बाढी र आगलागीको चेतावनी र भएका घटनाबारे अध्ययन गरिहेका छन् । यही जनवरीको शुरुआतदेखि तीव्र गतिमा फैलिएको विनाशकारी आगलागीका कारण झन्डै ३० जनाको ज्यान गएको छ भने १० हजारभन्दा धेरै घर ध्वस्त भएका छन् ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया