ओखलढुंगामा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

 माघ १७, २०८१ बिहीबार १३:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । खोटाङबाट बिरामी बोकेर काठमाण्डौका लागि छुटेको ना १ ज ६४२१ नम्बरको जीप ओखलढुंगाकाे मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोलामा दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उहाँका छोरा २८ वर्षक पूजन गुरुङ तथा आफन्त ४५ वर्षकी तारा गुरुङ रहेका छन् । चालक सुनसरीको इनरुवाका अनिल पण्डित फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयले आज बिहान जीप खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जीप बिहान दुर्घटनामा परेको हो वा गएराति नै खसेको हो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया