बाग्लुङमा स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्या बढ्न थाल्यो

 माघ १६, २०८१ बुधबार १२:१३:५६ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

बाग्लुङ – बाग्लुङमा स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा नपर्ने तथा केही समस्या भए तत्काल उपचारको व्यवस्था गर्न सकिने भएकाले घरमा सुत्केरी गराउनेको सङ्ख्या शून्यमा झार्ने लक्ष्यका साथ अभियान सञ्चालन भएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने बढेका हुन् ।

अभियान स्वरूप बाग्लुङका आमा समूहले घरमा सुत्केरी गराउनेको घरमा कालो टीका लगाइदिने गरेका छन् । निसीखोला गाउँपालिकाका धेरैजसाे वडाका समुदायमा रहेका आमा समूहले यो विधिलाई अवलम्बन गरेका छन् । त्यसबाहेक अन्य पालिकामा पनि ‘साथ’ विधिका रूपमा यो अभ्यास भएको छ ।

कालो टीका लाग्नुलाई नराम्रो सङ्केत मानिएकाले घरमा सुत्केरी गराउनेको सङ्ख्या घटाउन यो सामाजिक विधि अपनाइएको निसी स्वास्थ्य चौकीकी अनमी ज्ञानकुमारी बुढाले बताउनुभयो ।

गर्भवती भएपछि आठ पटकसम्म गर्भ जाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुनुपर्ने सरकारी ‘प्रोटोकल’ उनीहरूले उल्लङ्घन गरेपछि महिला स्वास्थ्य स्वयंसेविकासहित आमा समूहकाे बैठकपछि घरमा कालो टीका लगाउन थालिएको हो ।

कालो टीका नलाग्नका लागि सुत्केरीपछि पनि पाँच वर्षसम्मका बालबालिकालाई सबै खोप पूरा गर्ने र आमाले आइरन चक्की खाने प्रावधान पूरा गर्नुपर्छ ।

स्वास्थ्य प्रोटोकल पूरा नगर्नेलाई दबाब पर्ने भएकाले कालो टीका लगाउने गरिएको निसीखोला–३ स्कुलटोल आमा समूहकी अध्यक्ष कौशिला चन्दले बताउनुभयो ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया