कञ्चनपुरमा चार वटा विद्यालय भवन एकैसाथ निर्माण हुँदै

 माघ १६, २०८१ बुधबार १२:२४:५५ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चार वटा सामुदायिक विद्यालयका भवन एकैपटक निर्माण थालिएको छ । सङ्घीय सरकारको दुई करोड २४ लाख रुपैयाँको लागतमा विद्यालयका भवन निर्माण थालिएको हो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीका अनुसार वडा नम्बर ४ को पिपलाडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर ७ स्टेशनपुरमा रहेको धर्मजनता माध्यमिक विद्यालय, वडा नम्बर १ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालय र वडा नम्बर ७ सिमलफाँटामा रहेको कृष्ण माध्यमिक विद्यालयमा भवन निर्माण कार्य अगाडि बढाइएको छ ।

चार कोठे भवन निर्माणका लागि प्रतिभवन ५६ लाख रुपैयाँका दरले बजेटको व्यवस्था गरिएको छ । निर्माण हुने भवन वातावरणमैत्री एवम् अपाङ्गमैत्री हुने प्राविधिक सहायक जोशीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया