भारतकाे क्लबलाई हराउँदै आर्मी 'टाइगर कप' भलिबलकाे पहिलाे क्व...
माघ १७, २०८१ बिहिबार
कञ्चनपुर – पृथ्वीको सर्वाधिक उत्पादनशील पर्यावरणको रुपमा रहेका सिमसार क्षेत्रहरु अत्यधिक दोहन, प्रदूषण, मिचाहा प्रजातिका वनस्पतीहरुको विस्तार तथा अव्यवस्थित बसोबास तथा मानवीय क्रियाकलापले सङ्कटमा पर्दै गएका छन् ।
विभिन्न सङ्कटापन्न र लोपोन्मुख जीव तथा वनस्पतिका मुख्य आश्रयस्थलको रुपमा रहेका सिमसार क्षेत्र जोगाउन विभिन्न प्रयास भएपनि ऐन नहुँदा समस्या भएको विज्ञहरुले बताएका छन् ।
यसैबीच कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा परेको छ ।
अनियन्त्रित चोरी सिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको छ ।
नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन) का चराविद् हिरुलाल डगौराले सिमसार क्षेत्र खुम्चिँदै जाँदा चराको बासस्थानमा असर पुगेको बताउनुभयो । उहाँका अनुसार ताल तथा सिमसार क्षेत्र अतिक्रमण हुँदा ८६ प्रतिशत चरा जोखिमा रहेको पाइएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिाका–६ पुरैनी तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार दुई सय जलपन्छी फेला परेका थिए । त्यसको नौ वर्षपछि सन् २०२५ मा चराको सङ्ख्या घटेर सात सय ५ पुगेको छ ।
चराको सङ्ख्या वर्षेनि घट्दै जानुमा बासस्थान विनाश प्रमुख कारणका रुपमा रहेको छ । बीउ छर्न र उमार्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा सहयोग गर्न, कीरा फट्याङ्ग्रा नियन्त्रण गर्नमा चराले म महत्त्वपूर्ण भूमिका खेल्ने चराविद् डगौरको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।