नवलपुरको लोकाहामा ‘चार्जिङ स्टेशन’ सञ्चालन
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ – राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाले पीडित दाहालको हिजो उपचारकाक्रममा चाबहिलको दीर्घायु अस्पतालमा निधन भएको हो ।
पञ्चायतकाल अर्थात् २०३८ वैशाख २० गते भएको चुनावमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको थियो । दाहालले ६५ हजार सात सय ७७ मत ल्याउनुभएको थियो ।
श्रेष्ठलाई हराएपछि उहाँ चर्चामा आउनुभएको थियो । दाहाल २०२९ सालमा जोरपाटी गाउँ पञ्चायतको उपप्रधानपञ्च बन्नुभएको थियो ।
अविवाहित दाहाल बहिनीको घरमा बस्ने गर्नुभएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वध्यक्ष रमेश अर्यालले जानकारी दिनुभयो । उहाँको हिजो नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।