केआईआईटी विश्वविद्यालयले फर्कन अपील गरे पनि नेपाली विद्यार्थीलाई सुरक्षाको चिन्ता

 फागुन ६, २०८१ मंगलबार ११:४३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको ओडिशामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई फर्कन अपील गरे पनि विद्यार्थीहरू फर्किन सकेका छैनन् ।

नेपाली विद्यार्थीको ज्यान गएको घटनापछि आफूहरू भारतीय पक्षबाट असुरक्षित महसूस भएको उनीहरूले बताएका छन् । घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दा भारतीय पक्षबाट कुटपिट र दुर्व्यवहार भोग्नुपरेको उनीहरूको भनाइ छ ।

विद्यार्थीहरूले आफूहरू सुरक्षित नभएको भन्दै कलेज फर्किन नसक्ने बताएपछि समन्वय गर्न दिल्लीमा रहेको नेपाली दूतावासका पदाधिकारीहरू ओडिशा जाँदैछन् ।

नेपाली विद्यार्थी मृत भेटिएको घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स्प्रेसले जनाएको छ । यसैबीच अखिल भारतीय विद्यार्थी परिषद्ले घटनाको निष्पक्ष र पूर्ण अनुसन्धानको माग गरेको छ ।

यो पनि पढ्नुहोस् : 

नेपाली विद्यार्थीलाई कक्षामा फर्किन केआईआईटी विश्वविद्यालयको अपील

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया