लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ – पाठेघरको मुखको क्यान्सरविरुद्धको 'ह्युमन प्यापिलोमा भाइरस' (एचपीभी) खोप अभियानको आज अन्तिम दिन हो । गएको माघ २२ गतेदेखि १५ दिने अभियान शुरू भएको थियो ।
विशेषगरी किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अभियान सञ्चालन गरेको हो । एचपीभी खोप अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई तोकिएका केन्द्रमार्फत खोप प्रदान गरिएको छ ।
अभियानका क्रममा झन्डै १७ लाख किशोरीलाई खोप दिने सरकारको लक्ष्य थियो । लक्ष्य अनुरूप किशोरीले खोप प्राप्त गर्ने गरी अभियान सफल भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिनुभयो ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाको सङ्ख्या उच्च छ । नेपालमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्क छ ।
आउँदो वर्षदेखि सबै किशोरीले नियमित रूपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।