लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र रुसी अधिकारी साउदी अरबमा भेला भएका छन् । साउदी अरेबियाको राजधानी रियादमा अमेरिकी र रुसी अधिकारीले एकअर्कालाई भेट्न लागेका बीबीसीले जनाएको छ ।
अमेरिकाकाे तर्फबाट विदेशमन्त्री मार्क रुबियो, ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र ह्वाइट हाउसका मध्यपूर्व राजदूत स्टिभ विटकफ वार्ता टोलीमा हुनुहुन्छ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभ रियाद पुग्नुभएको छ । तर युक्रेन वा कुनै युरोपेली देशलाई निम्तो दिइएको छैन ।
यसैबीच फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोँनले युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेपछि युक्रेनमा बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टी सँगसँगै हुनुपर्छ भन्नुभएको छ ।
युक्रेनमा बलियो र स्थायी शान्ति चाहेको म्याक्रोँनको भनाइ छ । रुसले आफ्नो आक्रमण अन्त्य गर्नुपर्नेमा पनि उहाँको जोड छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।