लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ – केपी ओली कप फुटबल प्रतियोगितामा दुई विदेशीसहित नौ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ देखि १९ गतेसम्म हुने प्रतियोगिता काठमाण्डौको दशरथ रङ्गशाला र ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा चल्नेछ ।
प्रतियोगितामा नेपालका मच्छिन्द्र फुटबल क्लब, सशस्त्र प्रहरी बलकाे एएपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम (एनआरटी), सङ्कटा क्लब र आयोजकको एक टोली रहने भएको छ । यस्तै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र भुटानको ट्रस्पोर्ट युनाइटेडले खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।