लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै – भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले दुई जना सुरक्षाकर्मीलाई बर्खास्त गरेको जनाएको छ ।
केआईआईटीले विज्ञप्ति निकालेर दुई जना सुरक्षाकर्मीलाई बर्खास्त गरेको तथा होस्टलका दुई जना वरिष्ठ अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई घटनाको विस्तृत अनुसन्धानका लागि निलम्बन गरेको जानकारी दिएको हो । कर्मचारीहरूले विद्यार्थीहरूलाई जतिसक्दो चाँडो क्याम्पसमा फर्काउन प्रयास गरिरहेका पनि विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
केआईआईटी विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल गएको आइतवार होस्टेलमा मृत फेला परेकी थिइन् । लम्साल मृत फेला परेको घटनालाई लिएर नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेपछि विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई अस्थायी प्रतिबन्ध लगाएको थियो । अहिले विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई फर्कन आग्रह गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।