लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा, उपाधिका लाग...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भारतको ओडिशाकाे घटनामा कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपालकी प्रकृति लम्सालको ज्यान गएको घटनामा सत्यतथ्य छानबिन गरी न्यायका लागि कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराउनुभएको हो ।
दाहालले यो कलेजमा अध्ययनरत अरू नेपाली विद्यार्थीहरूलाई अध्ययनका लागि सहज वातावरण बनाउन पहल गर्नसमेत आग्रह गर्नुभएको छ । आजकाे आकस्मिक समयमा राष्ट्रियसभामा सांसदहरूले यस विषयमा कुरा उठाएपछि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठकमा सांसद राधेश्याम पासवानले लम्सालको मृत्यु प्रकरणको विषयमा छानबिन हुनुपर्ने माग गर्नुभएको छ । उहाँले नेपाल सरकारले कूटनीतिक पहल गरेर अलपत्रमा परेका विद्यार्थीहरूको उद्धार गर्नुपर्ने बताउनुभयो ।
यस्तै सांसद कृष्णबहादुर रोकायले नेपाली विद्यार्थी मृत्यु प्रकरणको विषयमा आवाज उठाउँदा अन्य नेपाली विद्यार्थीहरूमाथि दमन भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ । बैठकमा सांसदहरू मदनकुमारी शाह गरिमा, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, तुलसाकुमारी दाहाललगायतले यस घटनाबारे कडाइका साथ छानबिनको माग गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।