आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानमा झन्डै ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् ।
स्वास्थ्य सेवा विभागकाे बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ प्रतिशत किशोरीले खोप लगाइसकेका छन् ।
गएको माघ २२ गतेदेखि शुरू भएको खोप अभियान मङ्गलवार सकिएको थियो । डा. गौतमका अनुसार १४ लाख २८ हजार आठ सय ८९ जना किशोरीले अभियानका बेला खोप लगाएका छन् ।
अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । उहाँले खोप लगाउन छुट भएका किशोरीलाई स्वास्थ्य संस्थामा लगाइनेसमेत जानकारी दिनुभयो ।
डा. गौतमले मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएका कारण खोप अभियान शुरू नगरिएको बताउनुभयो । ती क्षेत्रमा विद्यालय शुरू हुनासाथ फागुनको तेस्रो हप्तामा खोप अभियान चल्नेछ ।
सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको थियो ।
नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको तथ्याङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।