सात महिनामा पौने १५ अर्ब रुपैयाँको विद्युतीय गाडी आयात

 फागुन ९, २०८१ शुक्रबार ९:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालु आर्थिक वर्षको सात महिनामा पौने १५ अर्ब रुपैयाँको विद्युतीय सवारी (ईभी) आयात भएको छ ।

साउनदेखि माघसम्म १४ अर्ब ७५ करोड रुपैयाँको विद्युतीय कार, जीप र भ्यान आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार यस अवधिमा ६ हजार दुई सय ५६ वटा विद्युतीय गाडी आयात भएको हो ।

यसबाट नाै अर्ब आठ करोड ४२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । नेपालमा विशेषगरी चीन, भारत, अमेरिका, जर्मनी र दक्षिण कोरियाबाट विद्युतीय गाडी आयात हुने गरेको छ ।

विभागका अनुसार कुल विद्युतीय गाडी आयातको ८० प्रतिशत हिस्सा चीनले ओगटेको छ । चीनबाट ११ अर्ब ८७ करोड रुपैयाँ बराबरका चार हजार सात सय ६९ वटा विद्यतुीय गाडी आयात भएको छ ।

त्यस्तै सात महिनामा भारतबाट दुई अर्ब ६९ करोड रुपैयाँको एक हजार चार सय ५९ वटा, जर्मनीबाट १४ करोड रुपैयाँको १० वटा, अमेरिकाबाट दुई करोड १४ लाख रुपैयाँभन्दा बढीको पाँच वटा तथा दक्षिण कोरियाबाट दुई करोड रुपैयाँभन्दा बढीको तीन वटा विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया