सार्कको प्रगतिमा बाधा पुर्याउन जिम्मेवार देश सबैलाई जानकारीम...
फागुन १०, २०८१ शनिबार
श्रीलङ्काको हबराना क्षेत्रमा यात्रुवाहक रेल हात्तीको बधानसँग ठोक्किँदा ६ वटा हात्ती मरेको छ । दुर्घटनामा घाइते भएका २ वटा हात्तीको भने उपचार भइरहेको छ ।
श्रीलङ्कामा रेल र हात्तीबीचको यस्तो दुर्घटना बेला–बेलामा भइरहने गर्छ । तर यो श्रीलङ्कामा अहिलेसम्मकै सबैभन्दा खराब दुर्घटना भएको बीबीसीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ ।
श्रीलङ्काको वन्यजन्तु संरक्षणसँग सम्बन्धित संस्थाका अनुसार हरेक वर्ष रेल दुर्घटनामा २० वटा हात्ती मर्ने गरेको तथ्याङ्क छ । यसबाहेक गएको वर्ष मानव हात्ती द्वन्द्वमा १ सय ७० भन्दा धेरै मानिसले ज्यान गुमाउँदा ५ सय वटा हात्ती मरेको थियो ।
वन फँडानी र प्राकृतिक स्रोतको अभावका कारण अहिले हात्तीहरू मानव क्षेत्रमा पस्न बाध्य भएकाले उनीहरू रेलमार्ग, खेतबारी र गाउँ गाउँमा पसेर दुर्घटनाको सिकार बन्न थालेका छन् ।
रेल दुर्घटना बाहेक धेरै हात्तीहरू बिजुलीको करेन्ट, विषाक्त खाना र सिकारीको चोरी सिकारको पनि मारमा परिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।