सार्कको प्रगतिमा बाधा पुर्याउन जिम्मेवार देश सबैलाई जानकारीम...
फागुन १०, २०८१ शनिबार
काठमाण्डौ – एशियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङले के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएर रजत पदक जितेकी हुन् ।
एरिका फाइनलमा इरानी खेलाडीसँग ९–१ ले पराजित भएकी थिइन् । त्यसअघि उनले पहिलो खेलमा भारतीय खेलाडीलाई ८–० ले, क्वाटरफाइनलमा काजाकास्तानको खेलाडीलाई ४–१ र सेमिफाइनलमा टर्कीकी खेलाडीलाई ५–२ ले पराजित गरेकी थिइन् ।
फागुन ११ गतेसम्म हुने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहने छ । एरिकाले एशियन च्याम्पियनमा पनि रजत पदक जितिसकेकी छिन् ।
एशियाली खेलकुद र एशियन च्याम्पियनशिपमा रजत पदक जित्ने उनी एक्लो नेपाली खेलाडी हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।