बर्दियाको ठाकुरबाबामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो, ...
फागुन २९, २०८१ बिहिबार
काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति भएको खेलपछि रियल मड्रिड, आर्सनल, एस्टन भिल्ला र बोरुसिया डर्टमण्ड क्वाटरफाइनलमा पुगेका छन् ।
रियल मड्रिडले एट्लेटिको मड्रिडलाई पेनाल्टीमा पराजित गर्दै क्वाटरफाइनल पुगेको छ । हिजोको खेल समग्रमा एक/एकको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा रियलले एट्लेटिकोलाई ४–२ ले हराएको हो ।
गएराति नै भएको अर्को खेलमा आर्सनल र पीएसभीले २ –२ को बराबरी खेले पनि समग्रमा ९–३ ले अघि रहेको आर्सनल अन्तिम आठमा पुगेको छ । यस्तै क्लब बर्गलाई ३–० ले हराएको एस्टन भिल्लाले समग्रमा ६–१ को अग्रताका साथ क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै बोरुसिया डर्टमण्डले लिले ओलम्पिक स्पोर्टिङ क्लबलाई समग्रमा २–१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
यसअघि बार्यन म्युनिख, इन्टर मिलान, बार्सिलोना र पेरि सेन्ट जर्मेइन (पीएजसी) क्वाटरफाइनलमा पुगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।