धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाहलगत्तै अमेरिकाको चर्चित अनलाइन पोर्टल ‘द कट’ मा एउटा लेख छापियो जसमा प्रियंका चोपडा एउटी अन्तराष्ट्रिय ठग कलाकार रहेको र उनले पैसाका लागि निक जोनसलाई फसाएर धोकापूर्ण रुपमा विवाह गरेको बताइएको थियो ।
यो लेख अमेरिकाकी पत्रकार मारिया स्मिथ नामकी एक महिला पत्रकारले लेखेकी थिइन । तिनै मारिया स्मिथले अहिले प्रियंका चोपडा र निक जोनससँग साथ माफी मागेकी छिन् ।
मारियाले उनको ट्वीटर अकाउन्टमा ट्वीट गर्दै लेखेकी छिन्, ‘प्रियंका चोपडा, निक जोनस र पाठकहरुसँग माफी चाहन्छु । मैले उनीहरुलाई मेरा शब्दहरु मार्फत अपमानित र दुखी बनाएँ । मैले जे पनि लेखेँ त्यसको जिम्मेवारी म स्वयं लिन चाहन्छु । र म गलत थिएँ । मलाई माफ गर्नु होला ।’
— mariah smith (@mRiah) December 7, 2018
त्यो लेख छापिएपछि निक जोनसका दाइ जो जोनस र उनकी प्रेमिका तथा गेम अफ थ्रोन फेम सोफी टर्नरले त्यस वेबसाइटको विरोध गरेका थिए ।
तर अभिनेत्री प्रियंका चोपडाले भने आफू विवाहको माहोलमा निकै खुशी भएको र यस किसिमका बेकारका कुराले आफूलाई कुनै फरक नपार्ने बताएकी थिइन् ।
‘द कट’ मा छापिएको त्यस लेखको चौतर्फी आलोचना भएपछि वेबसाइटले माफी माग्दै लेख हटाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।