इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी)लाई भारतीय कांग्रेसले ठूलो झट्का दिएको छ ।
राजस्थान र छत्तीसगढमा भारतीय कांग्रेस सत्तामा फर्किने संकेत देखिएको छ । त्यस्तै मध्य प्रदेशमा पनि कांग्रेसले बीजेपीलाई कडा टक्कर दिएको छ । मध्य प्रदेशमा कुनै पनि दल बहुमतनजिक नपुग्ने हो कि भन्ने देखिएको छ । यदि त्यस्तो भएमा त्यहाँ त्रिशंकु सरकार बन्नेछ ।
मे २०१४ मा सत्तामा आएका नरेन्द्र मोदी नेतृत्वको सरकारलाई पछिल्लो मतपरिणामले ठूलो झट्का दिएको छ । किनकी बीजेपीलाई सरकारमा पुर्याउन यी राज्यले अहम भूमिका खेलेका थिए । छत्तीसगढ र मध्य प्रदेशमा १५ वर्षदेखि बीजेपीको सरकार रहेको छ भने राजस्थानमा पाँच वर्षअघि अशोक गहलोत नेतृत्वको कांग्रेस सरकारलाई हराएर बीजेपीकी बसुन्धरा राजेले सत्ता सम्हालेकी थिइन् ।
मध्य प्रदेश विधानसभामा २३० सिट रहेको छ । जहाँ सरकार बनाउन ११६ सिट आवश्यक पर्छ । प्रारम्भिक मतपरिणाम अनुसार मध्य प्रदेशमा कांग्रेसले ११४ सिटमा अग्रता बनाइरहेको छ । मध्य प्रदेशको १०८ सिटमा भारतीय जनता पार्टी(बीजेपी) ले अग्रता बनाइरहेको छ । अन्य दल ८ सिटमा अग्रता लिइरहेका छन् । यहाँ कांग्रेसलाई सरकार बनाउन केवल २ सिट आवश्यक देखिन्छ ।
राजस्थान विधानसभामा २०० सिट भए पनि एक जना उम्मेदवारको निधन भएका कारण १९९ सिटमा चुनाव भएको थियो । राजस्थानमा सरकार बनाउन १०० सिट चाहिन्छ । राजस्थानको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस ९९ सिटमा अगाडि छ भने बीजेपी ७५ सिटमा अगाडि छ । राजस्थानमा सरकार बनाउन कांग्रेसलाई मात्रै एक सिट आवश्यक देखिन्छ । तर अहिलेसम्म पूरा मतपरिणाम नआएकाले राजस्थानमा सत्ताको चाबी अन्य दलको हातमा रहन सक्ने देखिन्छ । राजस्थानमा अन्य दलको खातामा २५ सिट रहेको छ ।
त्यस्तै ११९ विधानसभा सदस्य रहेको तेलंगानामा क्षेत्रीय दल तेलंगाना राष्ट्रिय समिति(टीआरएस) ८७ सिटमा अगाडि रहेको छ । अहिलेसम्मको घोषित नतिजाअनुसार टीआरएसले ४५ सिटमा जित हात पारेको छ । जहाँ सरकार बनाउन ६० सिट नै चाहिन्छ । त्यस्तै तेलंगनामा कांग्रेस २१ सिटमा अगाडि रहेको छ भने बीजेपी १ सिटमा अगाडि रहेको छ ।
४० सदस्य रहेको मिजोरममा क्षेत्रीय दल मिजो नेसनल फ्रन्ट(एमएनएफ) ले स्पष्ट बहुमत हात पारेको छ । एमएनएफले २६ सिटमा जित हात पारेको छ । यहाँ सरकार बनाउन २१ सिट आवश्यक पर्छ । मिजोरममा कांग्रेसले ५ सिटमा जित हात पार्दा बीजेपीले १ सिटमा जित हात पारेको छ । मिजोरममा ८ जना निर्दलीय उम्मेदवारले जित हात पारेका छन् ।
त्यस्तै छत्तीसगढमा ९० विधानसभा सदस्य संख्या रहेको छ । छत्तीसगढको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले दुई तिहाई बहुमतको सरकार बनाउने सम्भावना देखिएको छ । पछिल्लो मतपरिणामअनुसार ६५ सिटमा कांग्रेसले अग्रता बनाएको छ । बीजेपीले १६ सिटमा अग्रता बनाएको छ ।
पछिल्लो समय राहुल गान्धी कांग्रेस अध्यक्ष भएपछि पार्टीले लगातार नराम्रो नतिजा भोगिरहेको अवस्थामा पाँच राज्यको विधानसभा चुनाव भने राहुल गान्धीको नेतृत्वको असली परीक्षा हुने देखिएको छ ।
यीनै ५ राज्यको विधानसभा चुनावको मतपरिणामअनुसार सन् २०१९ को लोकसभा चुनावमा बीजेपी र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्लो समय बेगवान रहेको मोदी लहर पनि यीनै ५ राज्यको विधानसभा चुनावको नतिजासँगै रोकिने संकेत देखिएको छ ।
त्यति मात्रै होइन, बारम्बार राहुल गान्धीको नेतृत्वमाथि प्रश्न उठाउने बीजेपीलाई पनि कांग्रेसले नतिजामार्फत नै उत्तर दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।