इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्...
माघ ८, २०८१ मंगलबार
कैलाली – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नागरिकले कम्युनिष्ट र कांग्रेसलाई मतदान गर्दा सरकारको महसूस गर्न नसकेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलन उद्घाटन सभामा बोल्दै उहाँले गाउँ–गाउँमा सिंह दरबारको नारा दिएर स्थानीय निर्वाचन गराएका कम्युनिष्ट र कांग्रेसले नागरिकलाई सिंहदरबारको सट्टा अन्याय र भ्रष्टाचार मात्रै दिएको बताउनुभएको छ ।
नागरिकले विकासको सपना बोकी कम्युनिष्ट पार्टीलाई दुई तिहाइका साथ विजयी गराए पनि सरकारका शुरुवाती कामबाटै नागरिक सन्तुष्ट हुन नसकेको थापाले बताउनुभयो । देशको अवस्था हेर्दा निकै कहाली लाग्दो बनेको भन्दै उहाँले शान्ति सुरक्षा तथा भ्रष्टाचारबाटै सरकार पूर्ण रुपमा असफल भएको प्रष्ट हुने बताउनुभयो । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई सरकारले नै लुकाउन खोजेको उहाँको आरोप छ ।
निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने, नक्कली अपराधी खडा गर्ने, निर्मला पन्तको बुवाको नक्कली औंठा छाप लिने र अपराधीलाई लुकाउने काममा सरकारकै प्रशासनिक संयन्त्र सक्रिय भएर लागेको उहाँको आरोप छ । नागरिकको संरक्षण गर्ने जिम्मेवारी पाएको सरकार अपराधी संरक्षणमा लागेको उहाँको भनाइ छ । संगठन कमजोर भएका कारण आफूले चुनावमा हार बेहोर्नु परेको उहाँले बताउनुभयो ।
आफूसँग एजेण्डा सही भए पनि केही कार्यकर्ताहरुले नै घात गर्ने गरेको उहाँको गुनासो छ । चुनावमा नेपाली कांग्रेससँग सहकार्य गर्नु आफूहरुको भूल भएको उहाँले स्मरण गर्नुभयो ।
चुनावको पूर्व सन्ध्यामा पार्टीको विभाजन हुनु र कमजोर संगठन, साधन स्रोतको अभावका कारण पनि चुनावमा सोचे अनुसारको परिणाम पाउन नसकेको थापाको भनाई थियो । थापाले अबको विकल्प राप्रपा मात्रै रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।