रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । रेलिगेशन जोनमा रहेको साउथ ह्याम्पटनसँग पराजित भएको आर्सनलको तालिकामा अंक थप्ने योजना तुहिएको छ ।
आर्सनलविरुद्ध ३–२ गोलको जित निकालको साउथ ह्याम्पटन रेलिगेशन जोनबा बाहिर आएको छ । खेलमा बल पोजेशन ६६ प्रतिशत राखेपनि आर्सनल दुई पटकसम्म पछि परेको बेला गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । साउथह्याम्पटनको जितमा डेनियल विलियमले २ तथा चार्लि अस्टिनले एक गोल गर्दा आर्सनलका लागि हेनिरिकले २ गोल गरे ।
२०औं मिनेटमा डेनियल विलियम्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । १ गोलले पछि परेको आर्सनलाई हेनरिकले २८औं मिनेटमा बराबरीमा ल्याए । डेनियल विलियम्सले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा साउथह्याम्पटनलाई २–१ को अवस्थामा पुर्याए ।
पहिलो हाफमा २–१ गोलले पछि परेको आर्सनललाई ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । २–२ गोलको बराबरीमा अघि बढेका बेला आर्सनलले अन्तिम १० मिनेट सम्हाल्न नसक्दा तेस्रो गोल खान पुग्यो । ८५औं मिनेटमा चार्ले अस्टिनले गोल गर्दै साउथह्याम्पटनलाई स्पष्ट तीन अंक दिलाउँदै रेलिगेशन जोनबाट माथि उठाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।