खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
नेपाली चलचित्र इतिहासमै सबैभन्दा धेरै सिक्वेल चलचित्र निर्माण गरेका निर्देशक विकासराज आचार्यले नयाँ चलचित्रको छायांकन सुरु गरेका छन् ।
काठमाडौँको मैतिदेवी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । उनले निर्माण गर्न लागेको चलचित्रको नाम ‘हजार जुनी सम्म’ राखिएको छ । गायक उदय सोताङ तथा गायिका मनिला सोताङको गीत ‘हजार जुनी सम्म’बाट सापटी लिएर यो चलचित्रको नाम राखिएको हो ।
आइतबार बालाजुस्थित एनएफ डीसीको हलमा चलचित्रमा समावेश रहने एक गीतको छायांकन समेत गरिएको छ । प्रल्हाद तिमल्सिना र मीना निरौलाको स्वरमा रहेको लोक शैलीको गीत छायांकन गरिएको बताइएको छ । गीतमा चलचित्र ‘छक्का पञ्जा ३’ कि निर्देशक समेत रहेकी हास्यकलाकार दीपाश्री निरौला, हास्यकलाकार शिवहरी पौडेल, नायक आर्यन सिग्देल र नवनायक अकी प्रधानलाई फिचर गरिएको छ ।
गीतमा दीपाश्री निरौलालाई भट्टिकी साहुनीका रुपमा प्रस्तुत गरिएको छ भने सिबहरि पौडेल ग्राहाकका रुपमा प्रस्तुत भएका छन् । विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाले संयुक्त रुपमा लेखेको चलचित्रमा नायिका निरुता सिंह, प्रियंका कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत लगायतका कलाकारहरुको समेत अभिनय रहने बताइएको छ ।
–उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।