कोमामा गएका सपनालाई जीवित बनाउँछु : प्रधानमन्त्री ओली

 असार १, २०७५ शुक्रबार १५:१९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतले मुलुक बनाउने संकल्प नगरेसम्म देशको विकास नहुने भन्दै मुलुकको विकासप्रति प्रतिवद्ध बन्न आग्रह गर्नुभएको छ । 

राष्ट्रिय युवा परिषद्ले शुक्रबार राजधानीमा गरेको प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले युवा जगतको देश बनाउने संकल्पको खाँचो रहेको बताउनुभएको हो ।

आफ्नो देश आफैले बनाउनुपर्छ भन्दै उहाँले देश बनाउने मै हुँ भन्ने भावना युवाजगतमा नआएसम्म मुलुकले विकासको गति लिन नसक्ने र सम्वृद्धि हासिल गर्न नसकिने बताउनुभयो । आफुले देश बनाउने सपनालाई साकार बनाउन चाहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कोमामा गएका छन् सपनाहरु ती सपनालाई जीवित बनाउन चाहन्छु । आत्मविश्वास कोमामा गएको छ, त्यो आत्मविश्वास जगाउन चाहन्छु । त्यसैले देश बनाउँछ ।’
हजारौ वर्ष पहिले वेदको रचना गर्ने , कला संस्कृति साहित्यको श्रृजना गर्ने विद्धान पुर्खाका सन्तानहरु अहिले थैला भरी पैसा बोकेर विदेशमा बढ्न जान परिरहेको भन्दै उहाँले युवाहरुको आत्मविश्वास सहितको प्रतिवद्धता भए शिक्षा स्वास्थ्य लगायत सबै क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । युवाहरुले चालेको विज्ञान र आविष्कारका योजनालाई सरकारले गच्छेअनुसार सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

विज्ञान सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आइतबारसम्म चल्नेछ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया