रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्टस इटालियन सिरिएमा पहिलो हारबाट जोगिएको छ ।
एटलान्टाको मैदानमा युभेन्टस २–१ ले पछि परेको अवस्थामा रोनाल्डोले गोल गरेपछि युभेन्टस हारबाट जोगिएको हो । रोनाल्डोले मारियो मान्जुकिचको पासको सदुपयोग गरेका थिए । यो बराबरीका कारण युभेन्टसले सिजनमा अपराजित यात्रा कायम राख्न पनि सफल भएको थियो ।
खेलको दोस्रो मिनेटमा नै ब्रेट जिम्स्टीले आत्मघाति गोल गरेपछि युभेन्टसले अग्रता बनाएको थियो ।तर २४औं मिनेटमा डेनियल जापाटाले गोल गर्दै एटलान्टालाई खेलमा फर्काए ।
पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको ५३औं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भयो । रोड्रिगो बेन्टान्कर रातो कार्ड पाउँदै मैदानबाट बाहिरएको तीन मिनेटमा नै जापाटाले ब्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्टस पछि पर्याे ।
तर, ७८औं मिनेटमा रोनाल्डोले गोल गर्दै एटलान्टालाई अंक बाँढ्द बाध्य बनाए । जितसँगै युभेन्टसले तालिकामा ५० अंक बनाएको छ भने एटलान्टा २५ अंकसहित आठौं स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।