‘गोपी’ प्रचारको नयाँ फण्डा, कविता प्रतियोगिता

 पुष १२, २०७५ बिहीबार १७:१०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सिनेमा गोपीको प्रचारको लागि नयाँ फण्डा अपनाइएको छ । 

सिनेमाको निर्माण कम्पनी आरोही इन्टरटेन्मेन्ट प्रालिले सिनेमाको प्रचारमा सहयोग पुग्ने हेतुले कविता प्रतियोगिता आयोजना गरेको छ । 

कम्पनीले बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिताको घोषणा गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ  दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ । यसमा सहभागी हुन चाहनेले गोपी फिल्मको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ । 

सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । यसमा सहभागी हुन चाहनेले माघ ७ गतेसम्म आफ्नो कविता पठाइसक्नु पर्ने छ । प्रतियोगितामा नेपालसँगै विश्वका जुनसुकै कुनामा बस्ने नेपालीहरुले सहभागिता जनाउन सक्नेछन् ।  कविता पठाउँदा आफ्नो नाम, ठेगाना, उमेर र सम्पर्क टेलिफोन नम्बर प्रष्टसँग उल्लेख गर्नुपर्नेछ । कविता नेपाली भाषा लेखिएको हुनुपर्नेछ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ । सहभागी हुन उमेरको कुनै हदबन्दी छैन ।

यस्तो खाले प्रतियोगिताले नयाँ प्रतिभाहरुलाई ठूलो उत्साह मिल्ने निर्णायक उपेन्द्र सुब्बाले बताए ।   कविताप्रति युवाहरुको रुचि पछिल्लो समयमा बढिरहेको र यो प्रतियोगिताले त्यसमा थप टेवा पुर्‍याउने विश्वास अर्का निर्णायक नवराज पराजुलीको छ । 

सिनेमालाई साहित्यसँग जोड्नका लागि कविता प्रतियोगिता आयोजना गरिएको निर्देशक दीपेन्द्र लामाले बताए । स्वावलम्बन र स्वरोजगारसम्बन्धी साहित्य प्रेमीहरुमा कस्तो खालको धारणा रहेको छ, त्यो जान्न पनि यो प्रतियोगिताले सघाउने उनको भनाई छ ।

सहभागीहरुले [email protected]मा आफ्नो किवता पठाउनुपर्नेछ ।  विजेताहरुलाई माघको दोस्रो हप्ता पुरस्कृत गरिनेछ । आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमा गोपी आउँदो माघ १८ गतेदेखि प्रदर्शनमा आउँदैछ । 

सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको यस सिनेमामा  आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । 

सिनेमामा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतका कलाकारको अभिनय रहेको छ । 

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया