टोटनह्यामका स्ट्राइकर सन हिउङ मिङले ५ खेल गुमाउने

 पुष १३, २०७५ शुक्रबार ९:१९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियन कपका कारण इंग्लिस क्लब टोटनह्यामका स्ट्राइकर सन हिउङ मिङले ५ खेल गुमाउने भएका छन ।

लिगको उपाधि दावेदारमा रहेको टोटनह्यामले खेल्ने आगामी ५ खेलमा सन एसियन कपका कारण उपस्थिति नहुने भएका छन् । जनवरी १६ बाट सुरु हुने एसियन कपमा राष्ट्रको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सन इंग्ल्याण्डबाट दक्षिण कोरिया फर्कन तयारीमा छन् ।

टोटनह्यामले खेल्ने प्रिमियर लिगका दुई खेलमा सनलाई खेलाउने प्रयत्न भइरहेको बताएको छ । तर म्यानचेस्टर युनाइटेड विरुद्धको खेल जुन जनवरी १३ मा हुनेछ, त्यसका लागि उनी टिममा आउन सक्नेसमेत क्लबले जनाएको छ ।

दुबईमा हुने एसियन कपमा यदी कोरिया फाइनलमा पुगेको खण्डमा सनले एफ एपको तेस्रो चरणपनि गुमाउनेछन् । प्रिमियर लिगमा सनले टोटनह्यामको फुलहामसँगको खेल, लिग कपको सेमिफाइनलको दोस्रो लेग जुन चेल्सी विरुद्ध हुनेछ त्यो गुमाउनेछन् । यस्तै एफ ए कपको चौथो चरणमा घरेलु मैदानमा वाटफोर्ड र न्यू क्यासलको खेल पनि खेल्न नपाउने भएका छन् ।

सन फेब्रेअरी १० तारिखमा हुने लेस्टरविरुद्धको खेलका लागि भने मैदानमा फर्कने क्लबले जनाएको छ । सन नभएको खण्डमा पनि टोटनह्यामले उल्भ्स, कार्डिफ, ट्रानमिरी, चेल्सी र म्यानचेस्टरविरुद्ध फर्ममा रहेका स्ट्राइकरलाई उतार्ने जनाएको छ । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया