‘मह’जोडीलाई नाट्यश्वर दीर्घ कलाकारिता सम्मान

 पुष १३, २०७५ शुक्रबार १२:३४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड भने यही माघ १२ गते शनिबार काभ्रेको बनेपामा सम्पन्न गरिने बताइएको छ  ।

अवार्ड समारोहमा तामाङ्ग सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पपविधामा कलाकारहरु सहभागी हुँदै छन् । कुल ४४ विधामा हुने उक्त अवार्डमा प्रदेश र राष्ट्रिय स्तरका कलाकारको समायोजनसमेत बताइएको छ ।

अवार्डमा लोक गायक शिवनारायण जोशीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिने बताइएको छ ।

कार्यक्रममा कलाकारिता क्षेत्रको एक अभिन्न अंगसमेत मानिने वरिष्ठ हास्यकलाकार जोडी हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलाई नाट्यश्वर दीर्घ कलाकारिता सम्मानबाट सम्मनित गरिने बताइएको छ । यस्तै नाट्यश्वर दशक सम्मान अन्तर्गत बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मान अन्तर्गत नेपालकी पहिलो नायिका भूवन चन्दसँगै रामचन्द्र कोइराला, उत्तम केसी, चैत्यदेवी सिंह, जीवन पराजुली, गायिका रमिला न्यौपानेलगायतलाई प्रदान गरिँदै छ ।

 नाट्यश्वर विशेष सम्मानबाट सरु थापा, नाट्यश्वर उत्कृष्ट संस्था सम्मान हारती इङ्ग्लिस स्कुल, नाट्यश्वर प्रतिभा सम्मान रोमा न्यौपाने, नाट्यश्वर विशेष सम्मान हरि कर्माचार्य, नाट्यश्वर समाजसेवा सम्मानबाट भोला थापा सम्मानित हुने भएका छन् । 

नेपाली कला संगीत क्षेत्रमा रहेर योगदान दिँदै अहिले काभ्रे जिल्लाको रोशी गाउँपालिकाको प्रमुख भएर कार्य गरिरहेका डीबी लामालाई नाट्यश्वर कला सम्मान गरिने भएको बताइएको छ ।

यस अवार्डमा मेकअप आर्टिस्ट, लाइट म्यान, एरेञ्जर, बाध्यवाधक सम्मान, दोहोरी साँझ गायक र गायिका साथै नेपाली गीतसंगीत क्षेत्रलाई अगाडी बढाउन आफ्नो कलमको माध्यमबाट सहयोग पुर्‍याउने पत्रकारसमेत साम्मनित हुँदैछन् । 

नाट्यश्वर मोफसल कला पत्रकारिता सम्मान उत्तर गया दैनिक र नुवाकोट जागरण साप्ताहिकको प्रकाशक तथा सम्पादक शिव देवकोटा, नाट्यश्वर कला पत्रकारिता पुरुषोत्तम बस्नेत, बलराम श्रेष्ठ, सूर्य चन्द, स्वस्तिका चिलवाल, प्रकाश तिमल्सिना र काभ्रे जिल्लामा नै कार्यरत रही कला पत्रकारितामा आफ्नो कलम चलाउने दुईजना पत्रकारसमेत सम्मानित गरिनेछ । जसको नाम विभिन्न संस्थाको समन्वयमा तय गरिनेछ । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया