ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
तेह्रथुम – वर्षासँगै भएको हिमपातले तेह्रथुम र संखुवासभाका डाँडाकाँडा सेताम्मे बनेका छन् ।
शुक्रबार दिउँसोबाट हिमपात सुरु भएपछि तीनजुरे–मिल्के–जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । यो क्षेत्रमा वर्षासँगै सिजनमै पहिलो पटक हिमपात भएको हो । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको छ ।
तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्केलगायत क्षेत्र हिउँले ढाकेको छ । यी क्षेत्रमा अघिल्ला वर्षहरुमा योभन्दा ढिलो मात्रै हिमपात हुने गरेको थियो । पछिल्लो दशकसम्म हिमपात नभएका तेह्रथुमका बसन्तपुर, जिरिखिम्ती, लसुने, घुर्मिसे, सिमिनाक्सीलगायत क्षेत्रमा पनि हिमपात भएको छ ।
चौकीदेखि माथिको क्षेत्रमा दिउँसोबाट दुई फिट हिमपात भएको गुफाबजारस्थित गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताउनुभयो । दिउँसोबाट उच्च क्षेत्रमा निरन्तर हिमपात भइरहेको छ । हिउँ खेल्न जिल्लाका तल्लो क्षेत्र र धनकुटा, धरानदेखि समेत सयौँको संख्यामा पुगेका छन् । ओयाक्जुङ, श्रीजुङ, मोराहाङ, आम्बुङ, म्याङलुङ, सोल्मा, सुङनामलगायत बस्तीहरुमा समेत बाक्लो तुषारो परेको छ ।
लामो समयपछि एकसाथ वर्षा र हिमपात भएका कारण ह्वात्तै चिसो बढेको छ । चिसाका कारण जिल्लाका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण चिसो बढेपछि दर्जनौँ सरकारी र गैरसरकारी कार्यालयका कार्यक्रमहरु समेत स्थगित भएका छन् ।
वर्षाले जिल्लाका किसानलाई समेत हर्षित बनाएको छ । पाँच महिनादेखि वर्षा नहुँदा हिउँदे बाली लगाउन नपाएका किसानलाई वर्षाले बाली लगाउन सहज हुने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ ।