धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाडाैं - ठेलामा माेमाे बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत ‘साला काठमाण्डुमा’ सार्वजनिक भएको छ ।
गायक बन्ने सपना बोकेर काठमाडौं आएका कपिल लामो समयदेखि बानेश्वर चोकमा ठेलामा माेमाे बेच्दै आएका थिए ।
उनको गायकीको यूट्यूबमा चर्चा भएपछि उनी एकाएक चर्चित भएका थिए । उनै कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेका हुन् । निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगीत रहेको छ ।
काठमाडौैमा सपना बोकेर आउने युवा र उनले काठमाडौंमा पाउने असफलता र दुख झल्काउने गीतमा शिशिर भण्डारीको अभिनय रहेको छ । काठमाडौंमा पाएको असफलतामा निराशा व्यक्त गर्न ‘साला काठमाण्डुमा’ भन्ने शब्द राखिएको कपिलको भनाइ छ ।
सन्तोष खनाल ‘फिल्मीकिरो’को निर्देशनमा बनेको भिडियोमा वाईपी घिमिरेको छायांकन रहेको छ । भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन् ।
गीतको भिडियो नया नया न्यूज नेपालको औपचारिक यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।