च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
काठमाडौं - नयाँ शक्ति पार्टीले सात सदस्यीय हेडक्वार्टर गठन गरेको छ ।
शुक्रबार काठमाडौंमा सम्पन्न महाधिवेशन आयोजक समितिको बैठकले डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा हेडक्वार्टर गठन गरिएको नयाँ शक्ति पार्टीले जनाएको छ ।
टिममा डाक्टर भट्टराई, डम्बर खतिवडा, गंगा श्रेष्ठ, नवराज सुवेदी, पर्शुराम खापुङ, प्रशान्त सिंह र हिसिला यमी हुनुहुन्छ । हेडक्वाटरले दैनिक कार्यसम्पादन सहज बनाउने नयाँ शक्तिका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले जानकारी दिनुभयो ।
यो कुनै नयाँ मर्यादाक्रम भने नभएको उहाँले बताउनुभयो । सबै कार्यालय सदस्यहरु महाधिवशेन आयोजक समितिका सदस्य हुने उहाँले जानकारी दिनुभयो । आगामी मंसिरमा महाधिवेशन घोषणा गरेको नयाँ शक्तिमा अहिले बहुपदीय प्रणालीमा गइसकेको छैन ।
बैठकले पार्टी प्रवक्ता प्रशान्त सिंहलाई सचिवालयमा थप गरेको छ ।
त्यसैगरी नेतृ दुर्गा सोबलाई आंगिक संगठनको संयोजन, भक्तबहादुर शाहलाई उत्पादन तथा स्वरोजगार विभाग तथा हिसिला यमीलाई प्रवास प्रदेशबाट राष्ट्रिय मामिला संयन्त्रको संयोजक र देवेन्द्र पराजुलीलाई प्रवास प्रदेशको जिम्मा दिएको पाण्डेले जानकारी दिनुभयो ।
बैठकले किसान संगठनको फ्र्याक्सन ईञ्चार्जमा टिकाराम पौडेललाई जिम्मेवारी प्रदान गरेको छ भने महाधिवेशन आयोजक समितिमा नरहेका जिल्ला संयोजकहरुलाई पदेन आमन्त्रित सदस्यको रुपमा महाधिवेशन आयोजक समितिमा थप गर्ने निर्णय गरेको छ । बैठकले पार्टीका नेताहरु देवी ओझा र केशव दाहालले दिएको राजीनामा स्वीकृत गरेको छ ।
यसैगरी, बैठकले ‘अबको निकास, आर्थिक विकास’लाई परिमार्जन गरेर ‘अबको निकास, समावेशी विकास’ बनाएको छ । सहभागितामुलक लोकतन्त्रमा विश्वास गर्ने नयाँ शक्तिले ५ ‘स’को अवधारणालाई अगाडि बढाएको पनि प्रचार विभाग प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।